दफा १४क
हिसाब मिलान गरिने
(१) कुनै कर्मचारीले यो दफा प्रारम्भ हुनु भन्दा अधि कोषबाट सापटी लिई सकेको रहेछ भने निजले लिएको सापट्टी मध्ये तिर्न बाँकी साँवा ब्याज रकम निजको नाममा संचित रहेको कोष कट्टी रकमबाट कट्टी गरी हिसाब मिलान गरिनेछ । (२) उपदफा (१) बमोजिम हिसाब मिलान गरिएकोमा त्यस्तो कर्मचारीले पुन कोषबाट रकम झिक्न चाहेमा दफा १४ को उपदफा (१) बमोजिमको रकममा अघि झिकिसकेको रकम कट्टी गरी बाँकी रकम मात्र दिईनेछ । तर कोषबाट रकम झिकेको वा सापटी लिएको मितिले दुई वर्ष पूरा नभई निजले पुन रकम झिक्न सक्ने छैन । (३) कोषबाट घर सापटी लिएको कर्मचारीले कोष कट्टी रकमबाट हिसाब मिलान गर्न चाहेमा उपदफा (१) बमोजिम हिसाब मिलान गर्न सक्नेछ ।